arrow

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
putin-car-cc.jpeg
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको समाचार संस्था द सनले जनाएको छ । 
 
पुटिनको बिएमडब्लु कार मंगलबार राजधानी मस्कोस्थित सडकमा विपरीत दिशाबाट आएको कारसँग ठोक्किँएको थियो । राष्ट्रपति पुटिन भने सो कारमा नभएको जनाइएको छ । 
 
कार पुटिनका अनुभवी चालकले चलाएका थिए । चालकसँग चार दशक लामो अनुभव रहेको समाचारमा उल्लेख गरिएको छ । यद्धपी चालकको पहिचान भने खुलाइएको छैन । दुर्घटना कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 
पुटिन २०१७ मा लन्च हुने कोर्टेजी कार लिने सुरमा छन् । कोर्टेजी अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रयोग गर्ने बिस्ट जस्तै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ