arrow

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारतीय प्रम मोदी सहभागी हुने !

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
modi_7593.jpg.jpeg
काठमाडौं। पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफै सहभागी हुने विचार गरेका छन् । पाकिस्तानका लागि भारतीय विशेष दुत गौतम बम्बवालीले मंगलबार पाकिस्तानी संचार माध्यमसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
 
केहिँ समय अगाडि पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा मोदी नजाने कुरा भएको र उनको सट्टामा भारतले राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउने तयारी गरेको एक कुटनीतिज्ञ श्रोतलाई उद्रित गर्दे भारतीय संचार माध्यहरुले जनाएका थिए ।
 
कराँची काउन्सिलले गरेको एक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका बम्बवालीले भने, 'म भविष्यको बारेमा भन्न त सक्दिन तर आजको कुरा गर्दा यो वर्षको नोमेम्बरमा पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफै सहभागी हुने विचार गरेका छन्'। 
 
भारतीय बिदेश मन्त्रालयका प्रवक्ताले ट्विट गर्दै भनेका छन् ' यस्ता निर्णयहरु अगाडी नै गरिंदैन् र कुनै निर्णय गरिएको छैन्'।
 
भारतीय कुटनीतिक क्षेत्रमा प्रधानमन्त्रीको स्थानमा राष्ट्रपतिलाई सारक सम्मेलनमा पठाउने तयारी बारे बहश भैरहेको छ। तर भारतले अझै कुनै निर्णय गरिसकेको छैन्।  
 
मोदीले चीनको हाङ्झाउमा सम्पन्न जी २० सम्मेलनमा दक्षिण एसियामा एउटा मुलुकले विद्रोहीको ऐजेन्ट विस्तार गरेको भन्दै पाकिस्तानमाथि तिखो प्रहार गरेका थिए । 
 
द्वपक्षीय व्यापार सम्झौंताबारे अन्तर्क्रिया कार्यक्रममा सहभागी बम्बवालीले दुई राष्ट्रबीचको राजनीतिक विषयहरु हल हुन समय लाग्ने बताए । उनले काश्मिरको कुरालाई एक भनाईसँग जोड्दै भने, 'सिसाको घरमा बस्ने मान्छेले अरुको घरमा ढुङ्गा हान्नु हुँदैन'। 
 
सार्क सम्मेलन तयारी स्वरुप सार्क अर्थमन्त्रीहरुको सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी भएका थिएनन् । साथै पाकिस्तानले काश्मिर विवादबारे कुराकानी गर्न सचिव स्तरीय वार्ताको आव्हान गरेपनि त्यसलाई भारतले अस्वीकार गरेको थियो । 
 
सार्क सम्मेलन आगामी नोभेम्बर ९ र १० मा पाकिस्तान राजधानी इस्लामावादमा हुने तय भएको छ । पाकिस्तानले पहिलो पटक सन् १९८८ मा सार्क शिखर सम्मेलनको आयोजना गरेको थियो । उसबेला बेनेजिर भुट्टो प्रधानमन्त्री थिइन् । पाकिस्तानले दोस्रो पटक २००४ मा सार्क शिखर सम्मेलनको आयोजन गरेको थियो। 
 
गत १८ औं सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाडौंमा आयोजना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ