arrow

पूर्व उद्योगमन्त्री झाको हत्या योजनाकार पक्राउ, गृहमन्त्रीसंग जीउ ज्यान सुरक्षाको माग (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
hatya-yojanakar-new.jpeg
काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल कुमार झाको हत्या योजना बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाकारी पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सद्भावना पार्टीले गृहमन्त्रीसंग झा र परिवारको जीउ ज्यानको सुरक्षाको माग गरेको छ । 
 
पार्टी महासचिव कोशलेन्द्र मिश्रले एक विज्ञप्ति जारी गरी घटनाको खोजविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा पार्टी अध्यक्ष झा र उनको सम्पूर्ण परिवारजनको ज्यान मार्ने योजना बनाउने तथा यसको लागि विभिन्न व्यक्तिसंग रकम असुल्ने तथा धम्कि दिने गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ परेको समाचारप्रति सद्भावना पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 
 
धम्की दिँदै रकम संकलन गरेको आरोपमा पक्राउ पर्नेहरुमा मुडवलवा ३ का मुन्नाकुमार यादव र बगही १ का अवधलाल महतो छन् । यादव मुख्य योजनाकार हुन् । उनले रौतहट मुडवलवाको नेमधारी उच्च माविका प्रधानाध्यापक रवि शंकर यादवलाई फोन मार्फत धम्की दिँदै ५० लाख रुपैयाँ मागेका थिए । यादवले नै  सदभावना पार्टी  रौतहट जिल्ला अध्यक्ष शेष जमसेदसँग पूर्वमन्त्री झाको हत्यामा सहयोग गर्न भन्दै २० लाख रुपैयाँ मागेका बताइएको छ । 
 
प्रधानाध्यापक यादव र जमसेदले प्रहरीलाई दिएको सूचनाको आधारमा मुन्ना कुमार र अवधलाललाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक  गणेश रेग्मीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पक्राउ परेका यादवले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नक्कली आइडी बनाएर पूर्वउद्योगमन्त्री अनिल झा र उनको परिवारका सदस्यको हत्या गर्न सहयोगका लागि भन्दै जमसेदसँग रकम मागेका थिए ।
 
उनीहरुले मार्न टार्गेट गरिएको व्यक्ति भन्दै झा र उनको परिवारका सदस्यको फोटो जमसेदको फेसबुक म्यासेन्जरमा पठाएका प्रहरीले जनाएको छ । झाको हत्या योजना र प्रधानाध्यापक यादवलाई धम्की दिएको सूचना प्रहरीसमक्ष पुगेपछि प्रहरीलाई किन उजुरी गरेको भन्दै उनीहरुले आफूहरु पेशेवर अपराधी भएको र अब ठूलो मूल्य चुकाउन तयार रहनू भन्दै धम्की दिएका प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ