arrow

‘बन्दुक उठाउँदा पनि बन्दुक बिसाउँदा पनि मेरो मस्तिष्कमा देशकै समृद्धि’

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
dahal-new-pic-aar.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब गुनासो गर्नलाई राजा महाराजा नरहेको भन्दै यो पछाडि फर्किने बेला नभएको बताएका छन् । 
 
व्यवस्थापिका संसदमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यो देश हामी आफैले बनाउन सक्छौं । हामी हिजो पनि कसैको उपनिवेश थिएनौं । आज र भोली पनि रहँदैनौं ।’ हामीले राजा महाराजालाई सिंहासनबाट उतार्‍याै‌ं । अब हामीले गर्न नक्ने के छ । 
 
दाहाले सम्बोधनको अन्तिममा यसो भने,‘ मैले पहिल्यै भनेँ, अब गुनासो र आरोपित गर्न राजा महाराजा छैनन् । यो देश हामीले नै बनाउने हो, बनाउन सक्छौं, बनाउछौं । पौने तीन करोड नेपालीले साझा संकल्प गरौं, यो देश जुरुक्कै उठ्ने छ । म पनि ठूलो आँधीबेहरीबाट गुज्रेर आएको व्यक्ति हुँ । कमजोरी भए होलान् तर हिजो बन्दुक उठाउँदा पनि र बन्दुक बिसाउँदा पनि मेरो मस्तिष्कमा देशको समृद्धिबाहेक केही थिएन । म मेरो पार्टी पंक्तिलाई पनि आग्रह गर्छु, हिजो हामी देशका लागि रगतसमेत बगाउन तयार थियौं भने आज त पसिना बगाए पुग्छ । एक्काइसौं शताब्दीको नेपाल अब पनि पिछडिएकै अवस्थामा बस्न सक्दैन । समुन्नत नेपाल हाम्रै जीवनमा सम्भव छ । तर त्यसका लागि हामीले आजैदेखि र अहिल्यैदेखि समर्पित हुनुुपर्छ । हिजो झन्डै पूरै एसिया उपनिवेश हुँदा पनि महाशक्तिहरूसँग आमनेसामने जुधेर स्वाधीनता जोगाउने यो महान् देशसँग फेरि एकपटक महान् बन्ने सबै क्षमता छ । आउनुहोस्, हामी सबै मिलेर त्यो क्षमताको प्रदर्शन गरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ