arrow

सुबिसु क्यान कमटेक सुरु, पहिलो दिन नै अवलोकनकर्ताहरु झुम्मिए

भृकुटीमण्डपमा हुने सूचना प्रबिधी मेला २६ गते सम्म चल्ने

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
com-tech.jpg1.jpeg

 काठमाडौ । संचार मेला ‘सुबिसु क्यान कमटेक २०१६ बुधबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । सूचना, संचार तथा प्रविधि क्षेत्रको विकास, विस्तार र प्रर्वधन गर्ने उदेश्यले संचार मेला ‘क्यान कमटेक २०१६’ सुरु भएको बताइएको छ ।

भाद्र २६ गतेसम्म चल्ने मेलामा सूचना प्रबिधि क्षेत्रको बारेमा बुझ्न अवलोकन कर्ताहरु भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा पहिलो दिन नै उल्लेख्य देखिएका छन् ।

मेलाको औंपचारिक उद्घाटन भने राष्ट्रिय सभा गृहमा सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार (राम) कार्कीले गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पछिल्लो समय नेपालमा सुचना तथा संचार प्रविधिले फट्को मारेको भन्दै यसको थप विकासका लागि सरकारले काम गर्ने बताए । ईन्टरनेटले विकृति पनि फैलाउँने हुँदा त्यस्ता कुराप्रति सदैव सचेत रहँदै राम्रा ज्ञानको खोजी गर्नुपर्ने कुरामा मन्त्री कार्कीले जोड दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा क्यान महासंघका अध्यक्ष विनोद ढकालले संचार प्रविधि क्षेत्रलाई थप विकास र विस्तार गर्नेका लागि क्यानले ५४ वटा जिल्लामा आफ्नो शाखा स्थापना गरी बिभिन्न गतिबिधिहरु गर्दे आएको जानकारी दिए । ढकालले अन्य मुलुकमा सुचना प्रविधिलाई उच्च प्राथमिकताका साथ हेरिने हुँदा नेपालमा पनि यसलाई सोही अनुरुप लिनुपर्ने बताउँदै यसको विकासका लागि क्यानले नेपाल सरकारसँग आवश्यक सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए ।

 

कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारी, सुचना प्रविधि, उद्योग वाणिज्य लगायत विभिन्न क्षेत्रसँग आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । चार दिन सम्म चल्ने मेलामा साना-ठूला गरेर १ सय बढी स्टल रहेका छन् ।

मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि एण्ड सलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्टर्स लगायत अन्य स्टलहरु रहेका छन् । ईन्टरनेट प्रदायक कम्पनी, सेक्युरिटी सेफ्टी कम्पनी, साइबर सेक्युरिटी र एण्ड्रोइड मोवाइलका नयाँ प्रविधिहरु यस प्रदर्शनीको मुख्य आकर्षण रहने क्यान महासंघका महासचिव विश्वराम बलामीले बताए ।

सुरु दिन नै अवलोनकर्ताको उच्च चाँप रहेकाले पनि मेला अवधिभर डेढ लाख अवलोनकर्ताले मेला भ्रमण गर्ने क्यानले अनुमान छ । सूचना प्रबिधि  मेलामा आएका विद्यार्थी निराजन श्रेष्ठले संचार प्रविधि मेलामा आउनुको फाइदा प्रस्ट्याउँदै यस्ता मेलाले नयाँ प्रविधिबारे जानकारी दिने बताए । साथै मेलामा विभिन्न अफरहरु हुने हुँदा यसको फाइदा लिन सकिने उनको बुझाई छ । ‘सुबिसु कमटेक मेला २०१६’ क्यानले पहिलो पटक आयोजना गरेको हो । यद्धपी क्यान महासंघले सूचना प्रविधि सम्बन्धि ‘क्यान इन्फोटेक, क्यान सफ्टेक’ जस्ता मेलाहरु भने बिगत लामो समय देखि गर्दे आएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ