arrow

कक्षा कोठामा शिक्षा अधिकारी

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
jca photo.jpg.jpeg
श्रीकृष्ण सिग्देल । स्याङ्जा ।स्याङ्जामा भर्खर मात्रा सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल शिक्षा क्षेत्र सुर्धार्ने नयाँ योजनामा लागि परेका छन् । “गाली होइन, तालीवाट पढाऔँ” भन्ने मान्यता लिएर विद्यार्थीहरुका समस्या बुझन् उनी हरेक विद्यालयका प्रत्यक्ष रुपमा काक्षाकोठामा प्रवेश गर्न थालेका छन् । शिक्षामा नयाँ वाटो रोज्नुपर्छ भन्ने अभियान अनुसार हरेक हप्ता कम्तीमा एउटा विद्यालयका विद्यार्थीहरु सँग प्रत्यक्ष साक्षात्कार गरी विद्यार्थीको भावना बुझ्ने प्रयास स्वरुप यो अभियानको थालनी गरेको जिल्ला शिक्षा अधिकारी कमालको भनाई छ । लोमो समय शैक्षिक सेवामा समय खर्चेका कमाल शैक्षिक गतिविधिलाई अगाडी बढाउन दख्खल रहेको पाइन्छ । जुन जिल्लामा शिक्षा अधिकारीको भुमिका निभाउदै आएका छन् त्यस्ता जिल्लाहरुमा कमालले नयाँ नयाँ अभियानको थालनी गरेको संचार माध्यममा आएको पाइन्छ । 
 
स्याङ्जामा पछिल्लो समय शैक्षिक गतिविधिमा गिरावट आएको तथ्याङ्क शिक्षा अधिकारी कमालको टेवुलमा देखिएपछि उनले पहिलो पटक हरेक हप्ता विद्यालयमा पुगेर विद्यार्थीहरु सगँ छलफल र सुझाव संकलन गर्ने योजनाका साथ अगाडी बढेका छन् । यसै अभियान अन्तर्गत वुधवार शिक्षा अिधकारी कमालले जिल्लाको भिरकोट नगरपालिका १४ मा अवस्थित बालोदय अंग्रेजी आवासिय मा.वि का विद्यार्थिहरुसँग साक्षात्कार गरेका छन् । प्रत्येक काक्षाकोठामा प्रवेश गरी विद्यार्थीहरुको सिकाइ उपलब्धि मापन गरेपछि सिकाइ वैज्ञानिक हुनुपर्नेमा विद्यालयमा अधिकारी कमालले प्रिन्सिपल अमृत अर्याललाई जोड दिएको बताइएको । 
 
      भविष्य चम्काउने अभिभावकको सपना सहित भोली देशै काधँ हाल्न सक्ने जिम्मेवारी लिएर आएको दुधेवालक आमाको काखवाट शिक्षकको पोल्टामा परेपछि शिक्षकको थप जिम्मेवारी हुने हुदाँ सोही अनुशार प्रस्तुत हुन शिक्षा अधिकारी कमालले विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई सुक्षाव दिए । एसएलसी नतिजाको आधारमा उत्कृष्ट छानिएका विद्यालयहरुको वस्तुस्थिती अध्ययन गर्ने क्रममा शिक्षा अधिकारी कमालले उक्त विद्यालयमा पुगेका थिए । विविध विषयको न्यूनतम राष्टिय उपलव्धि ४५ रहेकोमा उक्त विद्यालयको उपलव्धि ५४ रहेको विद्यालयले जनाएको छ । शिक्षा अधिकारी नै विद्यालयमा पुगेर विद्यार्थीको पढाई, बस्तुिस्थती बुझन्े प्रयासले जिल्लाको शैक्षिक प्रगति उकालो लाग्न सक्ने अनुमान अभिभावकहरुको रहेको छ ।
 
सबै भन्दा बढी कडाई सामुदायीक बिद्यालयमा गर्नुपर्ने अभिभावकहरुको सुझाव रहेको छ । नीजि क्षेत्रका कारण जिल्लाको शैक्षिक प्रगतिको साख धान्न सफल रहेको स्याङ्जामा सामुदायीक विद्यालयहरुको शैक्षिक प्रगतिमा भने केही बर्षदेखि ओरालो लाग्दै आएको छ । सामुदायीक बिद्यालयमा हुने गरेको राजनीतिकरणका कारण विद्यालयको शैक्षिक प्रगतिमा केही ह्रास आएको अनुमान शिक्षा अधिकारी कमालले गरेका छन् । यस कार्यलाई विस्तारै राजनीतिबाट टाढा ल्याउने प्रयास हुने प्रतिवद्धता पनि अधिकारी कमालको रहेको छ । आएको डेढ महिनामै विद्यार्थीको कक्षा कोठामा पुगेर बस्तुस्थिति बुझ्ने र शिक्षकहरुको क्रियाकलाप बुझ्ने अभ्यासले शिक्षामा फड्को मार्ने आशा स्याङ्जावासीले गरेका छन् । तर शिक्षा अधिकारीलाई भने अभिभावकहरुले पनि साथ दिनुपर्ने अवस्था भने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ