arrow

सडक अवरुद्ध भएपछि किसान मार्कामा

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
kagbeni-muktinath-sadak-news.jpeg
मुस्ताङ । करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरोका कारण सवारी साधन सञ्चालनमा आउन नसक्दा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य भएका छन् । 
 
पर्यटक र किसानले सडक सञ्चालनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटक मारमा परेका छन् भने किसानले सडक अवरुद्ध हुँदा स्याउ टिप्न सकेका छैनन् । 
 
एकहप्ता अघि बाढीले बेगखोला र तिब्ल्याङ क्षेत्रमा सडक बगाएको छ । गुइँठे र चमेरेलगायतका स्थानमा झरेको पहिरो हटाउन सकिएको छैन । अगुवा किसान आशबहादुर थकालीले स्याउ टिप्न नपाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । 
 
सडक अवरुद्ध हुँदा पैदल मार्गबाट आउने पर्यटक आउन नसकेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले बताए । “धेरैले भ्रमण स्थगित गरेका छन्,” उनले भने। 
 
सडक डिभिजन कार्यालय बागलुङले सबै स्थानमा डोजर प्रयोग गरेर सडक सञ्चालनको काम भइरहेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ