arrow

बच्चालाई बचाउन खोज्दा बस पुल मुनी खस्यो, २१ जनाको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
odisha-accident-759.jpeg
काठमाडौ । भारतको अंगुल जिल्लास्थित ओडिसामा यात्रुबाहक बस पुलबाट ५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको छ । १४ जनाको दुर्घटनास्थलमा र ७ जनाको अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीलाई उद्रित गर्दे भारतीय संचार माध्यमहरुले जनाएका छन्। 
 
शुक्रबार बिहान भएको दुर्घटनामा ३० भन्दा बढी घाइते भएको र घाइतेहरुको अंगुल र कुटाकस्थित अस्पतालमा उपाचार भइरहेको छ । घाइते मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ । 
 
बसका चालक फोनमा कुरा गरिरहेको र त्यतिकैमा विपरित दिशाबाट एक बच्चा साइकल चलाउँदै आएको र बच्चालाई बचाउन खोज्दा बस पुलको बारमा ठोक्किएर करिब ५० मिटर तल खसेको एक प्रत्यक्षदर्शीलार्इ उद्दत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ । 
 
घटनापछि मुख्य मन्त्री नविन पटनाइकले मृतकको आफन्तलाई तत्काल २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् । दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले टुइटर मार्फत समवेदना प्रकट गरेका छन् । 
 
दुर्घटनाबारे छनबिन गर्न यातायात मन्त्री रमेश माझीले अंगुल क्षेत्रीय यातायात अधिकारीलाई निर्देशन दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ