arrow

सुबिसु क्यान कमटेकको दोस्रो दिन ४५ हजार अवलोकनकर्ताद्वारा अवलोकन

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
subishuscan.jpeg
काठमाडौँ ।  बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ ” को दोश्रो दिन शुक्रबार अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको क्यान महासंघले जनाएको छ ।  सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरेको कमटेक मेलाको दोस्रो दिन ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेका छन् । मेलाको अहिलेसम्म कुल ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । 
 
प्रदर्शनीमा सहभागि कम्पनीहरुले शुक्रबार नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गरेका छन् । कमटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी तथा इन्टरनेटमा विशेष अफर ल्याएको छ । 
 
कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैंयामा ५० रुपैंया नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड वितरण गरिरहेको छ । त्यस्तै प्रदर्शनीमा फाल्कोन इन्टरनेशनलले थ्रिजी, फोरजी र डुअल ब्यान्ड गिगाबाइट राउटरहरु सार्वजनिक गरेका छन् ।
 
कमटेकमा ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले जडान शुल्क निःशुल्क गर्नुका साथै सेट अप बक्स र फाइवर राउटरमा सहुलियत दिएको छ । त्यस्तै अर्को कम्पनी भायनेटले पनि फाइवर होम क्यान अफर ल्याएको छ । भायनेटले निःशुल्क जडान सुविधाका साथै एक महिना निःशुल्क इन्टरनेट सुविधाको अफर सार्वजनिक गरेको छ । वेबसर्फरले पनि जडान शुल्क र वाइफाइ राउटर निःशुल्क गर्नुका साथै दुई महिनाको बोनस र नगद छुटको अफर ल्याएको छ । ब्रोडलिंकले पनि निःशुल्क जडान, फ्रि भ्वाइस कल, फ्रि डिभाइस लगायतका स्किमहरु ल्याएका छन् ।
 
प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् । 
 
कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने क्यानका महासचिव विश्व राम बलामीले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।  प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।  
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ