arrow

प्रविधि पत्रकार मञ्चमा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
tjf.jpeg

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) को तेस्रो बार्षिक साधारण सभाले   कारोबारमा कार्यरत सरस्वती ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार काठमाडौंमा सम्पन्न टिजेएफको साधारण सभाले ढकाल सहित नौ जानको कार्यसमिति समेत चयन गरेको छ ।

 

त्यस्तै मञ्चको उपाध्यक्षमा नेपाली पत्रका उद्धव थापा, सचिवमा गोरखापत्रका विश्वास रेग्मी, सहसचिवमा नयाँ पत्रिकाका कृष्ण रिजाल र कोषाध्यक्ष लिभिङ वीथ आइसिटीका राजन लम्साल निर्वाचित भएका छन्  ।

 

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा निर्वाचित हुनेहरुमा हाम्राकुरा डटकमका माधव चम्लागाई, राइजिङ नेपालका चोलाकान्त खनाल, अन्नपूर्ण पोष्टका नविन अर्याल र विजखवर डटकमका रक्षा रेग्मी छन् । साथै पाँच जना नयाँ साधारण सदस्य समेत थप गरेको छ । प्रविधि पत्रकार मञ्च (टिजेएफ) सूचना प्रबिधि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको समूह हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ