arrow

तान्जानियामा गएको भूकम्पमा परी ११ जनाको मृत्यु, २०० घाइते

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
earthquake.jpeg
बुकोबा । तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परी झण्डै २०० जना घाइते भएका छन् ।
 
उत्तरी तान्जानियाको युगाण्डा र रवाण्डाको सीमा नजिक गएको ५.७ म्याग्नेच्युटको भूकम्पमा पनि यतिठूलो दुर्घटना भएको हो । 
 
भूकम्पका कारण ७ लाख बस्ती रहेको बुकोबा शहरको भौतिक संरचना नराम्ररी भत्केको छ । 
 
भूकम्पको धक्का छिमेकी मुलुक केन्या, युगान्डा, रुवान्डा र बुरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
उद्दार र राहतको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ