arrow

बंगलादेशको कारखानामा आगलागी हुँदा २४ जनाको मृत्यु, ३० बढी घाइते

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
bangladesh-factory.jpeg
एजेन्सी। बंगलादेश राजधानी ढाकादेखि २० किलोमिटर उत्तरमा रहेको टोङ्गी औधोगिक क्षेत्रस्थित एक खाद्य तथा चुरोट कारखानामा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ। 
 
शनिबार राति भएको सो आगलागीमा परि ३० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ। 
 
“हामीले आगलागी हुने वित्तिकै खोजी कार्य गर्न सकेनौं,” अग्नी सेवाका एक उच्च अधिकारी अजित कुमार भोउमिकले भने। 
 
कारखानामा आगलागी के कारणले भएको त्यो भने अहिलेसम्म पत्ता लागेको छैन। आगलागीका कारण खारखानाका भवनहरु भत्किएका छन् भने ठूलो परिमाणमा खाद्य सामाग्री एवं चुरोट नष्ट भएको छ। आगलागी हुँदा कारखाना भित्र एक सय बढी कामदार कार्यरत थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ