arrow

म्याच फिक्सिङ्ग गरेका पाँच फुटबलरलाई आजीवन प्रतिबन्ध

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
afc_logo_blue .jpg.jpeg
काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङमा संलग्न नेपाली फुटबल खेलाडी तथा प्रशिक्षकलाई खेल गतिविधिमा आजीवन प्रतिबन्ध लगाएको छ । सन् २००८ देखि २०१२ सम्म भएका विभिन्न मैत्रीपूर्ण प्रतियोगितामा पैसा लिएर म्याच फिक्सिङ गरेका पाँच नेपाली फुटबलरलाई आजीवन प्रतिबन्ध लगाएको एएफसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
एएफसीको अनुशासन समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै निर्णय सार्वनजिक गरेको हो । प्रशिक्षक अन्जन केसी र खेलाडीहरु विकास सिंह क्षेत्री, सन्दिप राई, रितेश थापा, सागर थापा एएफसीको आचारसंहिता नम्बर ६० र ६९ अनुसार दोषी ठहरिएका छन् । 
एएफसीले संलग्न भएको प्रमाणित गर्दै ताजकस्तानका रेफ्री मुर्ताजोएभ पार्भिजलाई पनि समेत आजीवन प्रतिबन्ध लगाएको जनाएको छ । उनले यही अक्टोबर ६ मा भएको एएफसी यु–१९ च्याम्पियनसिपमा अनियमितता गरेको उल्लेख छ । ती पाँचै खेलाडीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहँदा अक्टोबर १६ मै अस्थायी प्रतिबन्ध लागिसकेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ