arrow

मलेसिया गएका वलीको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
Malaysia-main-pic.jpeg
सल्यान । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । 
 
एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु।एसएम।कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो । 
 
वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिइन् । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गरेकी छिन् । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ