arrow

भारतीय रुपैंयाकै कालोबजारी

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
इलाम । पूर्वी इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा सटही काउण्टर नहुँदा स्थानीय र पर्यटक ठगिने क्रम बढेको छ । भारतीय नाकाबन्दीका कारण तेलमा भइरहेको कालोबजारीले गर्दा भारतीय नोटको अभाव भएको छ । पशुपतिनगर नाकाबाट दैनिक सयौँ लिटर इन्धन नेपाल भित्रिने गरेकाले इन्धन खरिद गर्दा भारतीय रुपैयाँनै सटही गरेर दिनुपर्छ । यसले गर्दा कालोबजारी बढेको स्थानीयको भनाइ छ । 
 
पशुपतिनगरमा भारतीय नोट सटही काउण्टर नहुँदा स्थानीयसंग पैसा साट्दा बढी कमिसन तिर्नु परिरहेको गुनासो पाहुनाले गरेका छन् । सशस्त्र द्वन्द्वअघि पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंकले नोट सटहीको सुविधा हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका साथै उपभोक्ता व्यापारीसंग रकम साट्दा ठगिने गरेका हुन् । 
 
बैंकमा भारु भएको बखत बैंकले सय रुपैयाँको १५ पैसाका दरले सटही गर्ने गरेको थियो । अहिले तेलको कालोबजारीले भारुनै पाउन मुस्किल भएको छ । भारु भए सम्म बैंकले दुई चार हजारसम्म साट्दै ग्राहकलाई दिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ