arrow

प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री थापा र शिक्षामन्त्री पौडेललाई डा.केसीका मागबारे गहिरिएर सोधे

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
tpa-ra-paudel-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रका समस्या समाधान एवं डा. गोविन्द केसीले उठाएका मागको सम्बोधनका लागि भइरहेको काम कारबाहीबारे  लागि स्वास्थ्य र शिक्षा मन्त्रीलाई बोलाएर सोधेका छन् ।
 
प्रधानमन्त्री दाहालले बिहान आफ्नो सरकारी निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेललाई बोलाएर छलफल गरेका हुन् । 
 
छलफलमा केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न रहेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका प्रमुख समस्या तत्काल समाधान गर्न निर्देशन दिए । 
 
प्रधानमन्त्रीले डा. केसीको आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र अब अनसन बस्नु नपर्ने अवस्था तत्काल बनाउन स्वास्थ्य र शिक्षामन्त्रीलाई भने । 
 
बैठकपछि शिक्षामन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा दर्ता गर्ने बताए । ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन भनिसकेका छौं । डा. केसीको माग सम्बोधनका लागि अघिल्लो सरकारले चिकित्सा शिक्षा आयोग गठन गरे पनि त्यसले पूर्णता पाएको छैन । यस्तै, केसीको मूल माग चिकित्सा शिक्षा ऐन निर्माण नै हो । 
 
केसीले शनिबार पत्रकार सम्मेलन गरी सरकारले फेरि पनि मेडिकल कलेजलाई सम्बन्धन दिन भित्रि खेल खेलिरहेको भन्दै आफुसंग भएका सम्झौताको कार्यान्वयनको साँटो उल्लंघन भएको प्रस्ट्याए । सोही पत्रकार सम्मेलनबाट केसीले असोज २ गते सम्म माग पूरा नभए ३ गतेबाट नवौं चरणको अनशन थाल्ने घोषणा समेत गरेका छन् । 
 
केही दिन अघि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिन दबाव दिएको समाचार बाहिर आएको थियो । यसबारे निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले २९ गते फ्याकल्टी बैठक बोलाएको छ ।
 
डा. केसीले आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरीत सम्बन्धन दिन अब लागेको आफुले जानकारी पाएको पत्रकार सम्मेलनमा जिकिर गरे । केसी आफैले प्रधानमन्त्रीलाई भेटिसकेका छन् । 
 
केसीलाई प्रधानमन्त्री दाहालले आफुले केसीको भाषा पूरै बुझ्ने भन्दै माग पुरा गर्ने आश्वासन दिएका छन् । यस्तै, स्वास्थ्य मन्त्री गगन थापाले सरकार बाहिर हुँदा र सरकारमा आइसकेपछि पनि केसीमा माग हर कुनै हालतले पुरा गर्ने बचन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ