arrow

वैचारिक बहस गर्ने सिटौला समूह निकट रही महिला आन्दोलन अघि बढाउनुस् : प्रदीप पौडेल

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
prideep-paudel-news-aaja.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस अब परम्परागत ढंगले चल्न नसक्ने भन्दै वैचारिक प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । 
 
नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीमा नेता पौडेलले विगतकै ढाँचामा कांग्रेस चल्न नसक्ने बताएका हुन् । 
 
वीपी कोइराला महिला शसक्तिकरण र परिवर्तित सन्दर्भमा नेपाल महिला संघको भुमिका विषयक विचार गोष्ठीमा पौडेलले विचारकै कुरा गर्दै भने, ‘कांगे्रेस भित्रको वैचारिक बहस गर्ने सिटौला समूहसंग नजिक भएर महिला आन्दोलनलाई अगाडि बढाउनुस् ।’ 
 
कार्यक्रममा देशभरबाट सहभागि भएका महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्दै नेता पौडेलले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश भएपनि कार्यकारीणी तहमा महिलालाई किन प्रतिनिधित्व गराइएन त्यसको जवाफ खोज्नुस्–भने । महिला सशक्तिकरणको कुरा गर्दै पौडेले राज्यसंग महिलाको क्षहिलाको क्षमताको कदर किन भएन भन्ने उत्तर खोज्नै पर्नेमा जोड दिए । 
 
यस्तै, कार्यक्रममा महिलासंघ केन्द्रीय सदस्य मालती सोडारी, महिला नेतृ धना खतिवडा, नेविसंघका महामन्त्री कुन्दन काफ्ले र तरुण दल केन्द्रीय सदस्य नारायण भट्टराईले महिला संघको महाधिवेशनको सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ