arrow

‘सम्बर्दन बालअधिकारकोःकार्यान्वयन संविधानको’ नारासहित बालदिवस मनाइदै

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
childrens-day.jpeg
काठमाडौँ । ‘सम्बर्दन बालअधिकारकोःकार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय बालदिवस बुधबार मनाइँदैछ । नेपालको संविधान २०७२ बालअधिकारको सवालमा प्रगतिशील भएकाले यस वर्षको राष्ट्रिय बालदिवसको नारा पनि नयाँ संविधान कार्यान्वयनमा जोड दिएको राष्ट्रिय बालदिवस मूल समारोह समिति, बालबालिका तथा समाजकल्याण समितिले जनाएको छ । 
 
नेपालको जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको सङ्ख्या एक करोड पाँच लाख ४६ हजार ८६३ अर्थात् कुल जनसङ्ख्याको ३९ दशमलव ८ प्रतिशत रहेको छ ।  
 
बालअधिकारकर्मी तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले नेपाल बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको साढे दुई दशकको अवधिमा बालअधिकारका लागि बनेका कानुन दक्षिण एसियामै उत्कृष्ट छ तर कानुन कार्यान्वयन अवस्था कमजोर भएकाले हामी पछाडि छौँ भने ।
  
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गतको बालबालिका महाशाखाका प्रमुख डा किरण रूपाखेतीले बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र नेपालले कानुनी रूपमा धेरै फड्को मारेको भए पनि कार्यान्वयन पक्ष फितलो र कमजोर भएको स्वीकार गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ