arrow

प्रचण्डले पार्टी नेताहरुलाई भने – भारत दौड ‘गुडविल भिजिट’, बैठक आफ्नै घरमा

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
lajimpat-baithak-new.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराएका छन् । 
 
बुधबार बिहान आफ्नो निवास लाजिम्पाटमा केन्द्रीय कार्यालय (हेडक्वार्टर)को बैठक डाकेर दाहालले आफ्नो भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराएका हुन् । 
 
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीले भारत भ्रमणबारे सबै हेडक्वार्टर सदस्यहरुलाई जानकारी गराएको सुनाइन् । 
 
उनले भनिन्, ‘यो भ्रमण मूख्यतः गुडविल भिजिट हो । दोस्रो, विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तीब्रता दिनेमा केन्द्रित हुनेछ । भ्रमण मूलतः हुलाकी राजमार्ग, पुनःनिर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुनेछ ।’
 
प्रवक्ता भुसालकाअनुसार माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ