arrow

मोरङमा १३ स्थानीय तह रहने

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
morang j.jpg.jpeg
उर्लाबारी (मोरङ)। दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् ।
 
जसअन्तर्गत मोरङमा एउटा महानगरपालिका, छ नगरपालिका र छ वटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङख्यामा सहमति भएको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डमरुबल्लब बरालले बताए । 
 
हाल कायम रहेका सात नगरपालिकामध्ये सुन्दरदुलारी र कोसी हरैचालाई गाभेर एउटै नगरपालिका बनाइने सहमति भएको छ । अन्य नगरपालिकामा आसपासका गाविस गाभिने भएका छन् । विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाइने भएको छ । 
 
यसका लागि हात्तीमुडा, टङ्कीसिनवारी, लखन्तरी, वैजनाथपुर, कटहरी र बुधनगर गाविस गाभिने भएका छन् । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सङ्ख्या र सिमानाको सिफारिस मापदण्ड अनुसारनै गरिएको छ । महानगरपालिकाका लागि २०६८ सालको जनगणना अनुसार तीन लाख जनसङ्ख्या भएको हुनुपर्ने छ । 
 
नगरपालिकाका लागि तराईमा ७५ हजार र गाउँपालिकाका लागि ५० हजार जनसङ्ख्या हुनुपर्ने आधार तय गरिएको छ । 
 
अब पुनःसंरचनाको टुङ्गो लागेकाले यस सम्बन्धी प्रतिवेदन चाँडै नै आयोगमा पठाउने जिल्ला विकास समितिको तयारी छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा हाल एक उपमहानगरपालिकासहित सातवटा नगरपालिका र ५० वटा गाविस रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ