arrow

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
dahalnew.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि भोलि त्यसतर्फ जाँदै छन् । 
 
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नेछन् । 
 
सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्ने र राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने  कार्यक्रम रहेको छ  । 
 
शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनिप्रति श्रद्धाञ्जलि अर्पण गरेने कार्यक्रम तय भएको छ ।  यसअघि दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सरिक हुनेछन्। दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टाछुट्टै भेट्नेछन् ।
 
 नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तक्रिया र नेपाली समुदायसँग भेटघाट गर्नेछन् । प्रधानमन्त्री दाहालको यस पटकको भारत भ्रमणबाट दुई देशबीच युगौंको पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्न योगदान पुग्ने विश्वास गरिएको छ । प्रधानमन्त्री दाहाल आइतबार स्वेदश फर्कनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ