arrow

मन्त्री केसीलाई भेट्न पुगे जापानी राजदुत

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
kcsaharibikash.jpeg
काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसंग बुधवार नेपालका लागि जापानका राजदुत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् । सहरी विकास मन्त्रालयमा भएको भेटमा मन्त्री केसी र राजदुत ओगावा वीच दुईपक्षीय,बहुपक्षीय संवन्ध ,भुकम्प पछिको पुननिर्माण र व्यवस्थित सहरीकरण तथा सहयोगका क्षेत्र विस्तारका वारेमा छलफल भएको थियो ।
 
त्यसक्रममा मन्त्री केसीले जापान सरकारले नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगको चर्चा गर्दे  भुकम्प पछिको पुननिर्माणमा जापानले पुर्‍याएको सहयोगले दुई पक्षिय संवन्ध अभिबृद्धीमा महत्वपूर्ण भुमिका निर्वाह गरेको वताए ।  त्यसक्रममा मन्त्री केसीले राजधानी काठमाडौं भुकम्पीय जोखिममा रहेकाले वीपद जोखिम न्यूनीकरणमा जापानको अनुभव सदुपयोग गर्दे त्यसका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह समेत गरे ।
 
 मन्त्री केसीले नेपालका सहरी क्षेत्रहरुमा ४२ प्रतिशत जनताको वसोवास रहेको र धेरैमा सहरी क्षेत्र प्रतिको आकर्षण बढ्दो देखिएकाले काठमाडौं लगायत अन्य ठूला  तथा मझौला सहरहरुको पूर्वाधार विकासमा जापान सरकारको संलग्नतामा जोड दिए । साथै मन्त्री केसीले काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक समस्याको  व्यवस्थापनका लागि फ्लाई ओभर व्रिज लगायत अन्य आवश्यक सहयोग गर्न समेत आग्रह गरे ।
 
भेटका क्रममा राजदूत ओगावाले नेपालको भौतिक पूर्वाधार विकासमा सहभागि हुन पाउँदा जापानलाई गर्व लागेको वताउँदै संबिधान निर्माण पछि नेपालले विकासको गती लिनु सुखद संकेत रहेको वताए । जापान सरकारले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) मार्फत काठमाडौंको ट्राफिक समस्या समाधान गर्न त्रिपुरेश्वर देखि माईतीघर सम्म फ्लाई ओभर व्रिज निर्माण गर्ने विषय प्राथमिकतामा राखेको वताउँदै यसमा देखिएका राजनीतिक लगायतका अन्य जटीलता हटाउने पहल गर्न मन्त्री केसीको ध्यानाकर्षण गराए  ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ