arrow

अण्डा दिवसमा दलीत बस्तीमा २ सय बढी अण्डा बितरण

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2032027284.jpeg
मणि प्रसाद गैहे्र, कपिलवस्तु। २०औ अण्डा दिवसका अवसरमा शुक्रवार कपिलवस्तु नगरपालिका– १९ शिवपुरा स्थित दलीत बस्तीमा २ सय बढी अण्डा बितरण गरिएको छ। कार्यक्रमा सहभागीता रहेका गर्भवति महिला र बालबालिकालाई उमालिएको कुखुराको अण्डा बितरण गरिएको हो।
 
अण्डा खाऔ, स्वासथ्य बनौ ’ भन्ने नाराकासाथ कालिका स्वावलम्बन केन्द्र र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा मनाईएको अण्डा दिवसमा अण्डाको महत्व र गुणका बिषयमा जानकारी गराईएको थियो । सो अवसरमा सुआहारा कार्यक्रमकी पोषण अधिकृत कमला पोखरेलले  गर्भवति महिला र बच्चाकालागि गुणकारी पोषिलो खानेकुरा भएकाले यसको नियमित खानु पर्नेमा जोड दिइन।
 
‘ निरोगी र चलाख बच्चा र गर्भवति महिलालाई यो अति पोषिलो परिकार हो । ’ उनले भनिन । खुकुराको अण्डा पोषणको महत्वुर्ण श्रोतकारुपमा रहेको र पुर्ण खुराककोरुपमा समेत लिईन गरिएको केन्द्रका सुआहाराका कार्यक्रम संयोजक निराजश कोईरालाले बताउनुयो ।  सर्वसुलभरुपमा पाईने उच्च गुणस्तरको प्राटिनको श्रोत सहीत बिभिन्न तत्वहरु समेत पाईने भएकाले त्यसकालागि सचेतना जरुरी रहेको उनले बताए  ।
 
कार्यक्रममा गर्भवती, बालबालिकाहरुको बाक्लो सहभागीता रहेको थियो । उनीहरुलाई हात धुने तरिका समेत प्रयोगात्मकरुपमा सिकाईएको थियो । दलीत बस्तीमा कार्यक्रम आयोजना गरी अण्डा समेत बाडिएकोप्रति नागरिक सचेतना केन्द्रकी संयोजक मीना सुनारले खुशी ब्यक्त गरिन।
 
‘हामीले अण्डा त खाने गरेका थियौ तर अण्डाबाट यति धेरै पोषिला कुरा पाईन्छ भन्ने ज्ञा थिएन, ’ उनले भनिन ‘ गर्भवति महिला र बालबालिको शारीरीक र मानसिक विकसकालागि यो अति गुणकारी पो रहेका छ । ’ 
 
मीना सुनारको अध्यक्षता, निराजन कोईरालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष किरणमान बज्राचार्य, संचारकर्मी मणी प्रसाद गैहे्र  लगायतले मन्तब्य दिनु दिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ