arrow

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
global-ime-bank.jpeg
काठमाडौं।ग्लोबल आइएमई बैंकले आ.व.२०७२-०७३ मा १ अर्व ३८ करोड २२ लाख २३ हजार ९ सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंक संचालक समितिको मिति २०७३/०५/२९ को २५७ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७२-०७३ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश ( बोनश शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
 
बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्व १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैयाँ  पुग्ने छ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ। ७६.८४ अर्व निक्षेप, ६४.६३ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन्।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ