arrow

दशैँको अवसरमा सामसुङको क्यासशब्याक अफर

सामसुङ टीभी र होम अप्लायन्सेस्मा २० प्रतिशतसम्म क्याशब्याक

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
samsung-dashain-1.jpeg
काठमाडौं। समग्र नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसुङले आफ्ना उपभोक्ताहरुका लागि ईन्ष्ट्यान्ट क्याशब्याक अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेस्को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्ट्यान्ट क्याशब्याक (नगद फिर्ता) पाउने छन्।
 
सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो। अफरको नाम “दशैँ आयो सामसुङ ल्याउँला क्याशब्याक पाउँला” राखिएको छ।
 
ईन्ष्ट्यान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र (जुन पहिले त्यही) लागुहुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ