arrow

महिन्द्रा स्कोर्पियो एकैदिनमा ४० युनिट वितरित

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Photo.jpeg
काठमाडौं । नेपालको लागि महिन्द्रा अटोमोबाइल आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले लक्जरी एस यु भी, महिन्द्रा स्कोर्पियो, एकै दिनमा ४० युनिट वितरण गरेको छ । 
 
महिन्द्रा स्कोर्पियो नेपाली ग्राहकहरु बिच लोकप्रिय तथा उपयोगि गाडि मध्येकै एक हो  । 
 
शहरी बाटोमा आरामदायी सफर तथा कच्ची सडक र अफ–रोडहरुमा अधिक पावर रहेको महिन्द्रा स्कोर्पियोले विगत १ दशक देखि  नेपाली ग्राहकहरुलाई आरमदायि सेवा सुविधा दिदै आएको छ । 
 
महिन्द्रा एण्ड महिन्द्रा कम्पनी इकोनोमिक टाइम्स द्वारा सन् २०१५ मा सिआरएस को लागि भारतको सबैभन्दा उत्कृष्ट कम्पनी मानिएको थियो ।  महेन्द्रा फोर्बस् ग्लोबल २००० मा शक्तिशाली पब्लिक कम्पनीका रुपमा  सूचिकृत भएको थियो । यसका साथै महिन्द्रा ग्रुपले सन् २०१३ मा फाइनानसियल टाइम्स बाट एमरजिङ्ग मार्केट क्याटेगरीमा बोल्डनेस इन ब्युटि को उपाधि  जित्न सफल भएको थियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ