arrow

शान्ति शिक्षा अभियान नेपालद्धारा २० थान ल्यापटप हस्तान्तरण

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
shanti-sikshya-abhiyan.jpg.jpeg
काठमाडौ। शान्ति शिक्षा अभियान नेपालले बुढानिलकण्ठ उ मा बि काठमाडौंमा छात्रवृतीमा अध्ययनरत +२ का विद्यार्थीहरुलाई २० वटा ल्यापटप कम्प्युटर सहयोग गरेको छ। 
 
विद्यालयमा एक कार्यक्रम गरि गत मङ्सिर १४ गते सोमबार सहयोग सामग्री हस्तान्तरण गरिएको शान्ति शिक्षा अभियानका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिनुभयो। कार्यक्रममा बिद्यालयका प्राचार्य श्री केशर बहादुर खुलालले " बुढानिलकण्ठ स्कुल स्थापनाकालदेखी नै एक गुणस्तरीय शिक्षा प्रदान गर्न सफल बिद्यालयको रुपमा स्थापित भएको र यस् स्कुलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सधैं तत्पर रहेको " जानकारी गराउनुभयो। उहाँले यसै सिलसिलामा +२ का विद्यार्थीहरुलाई स्कुलमा "वाइ फाइ " को माध्यमले प्रत्यक विद्यार्थीले स्वअध्ययन एबम अनुसन्धान गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतु "ल्यापटप बैंक " स्थापना गर्न लागेको जानकारी गराउँदै सोहि प्रयोजनका लागि गरिएको सहयोगको लागि शान्ति शिक्षा अभियान नेपाललाई धन्यवाद दिनुभयो। 
 
शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रबिन्द्र महर्जनले " बिद्यालयका प्राचार्य केशर खुलालको ल्यापटप बैंकको योजना अती आबश्यक रहेको र प्रत्यक विद्यार्थीको ईन्टरनेटको माध्यमले स्वअध्ययन गर्नु राम्रो कदम भएकोले शान्ति शिक्षा अभियान पनि साझेदार हुन पाउदा खुशी लागेको बताउनुभयो। उहाँले ईन्टरनेटको प्रयोग गरी सबैले बढी भन्दा बढी फाइदा लिन सबै विद्यार्थी भाई बहिनिहरुलाई सुझाब पनि दिनु भयो। 
 
महर्जनले यस परियोजनालाई आर्थिक सहयोग गर्ने "शान्तिका मित्र" अस्ट्रियन पर्बतारोहण क्लब, इम्स्ट शाखाका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा स्कुलका करिब १२०० जना विद्यार्थी, शिक्षक र सस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ