arrow

महिला संघमा देउवाका ३३ र सिटौलाका २३ निर्वाचित, कस्ले पाए कति मत?

logo
प्रकाशित २०७३ असोज १ शनिबार
uma-dhana-khatiwada.jpeg
काठमाडौं। नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ। मतगणनास्थलमा रहेकी हाम्राकुरा डटकमकी सहयोगी रुपा पोखरेलका अनुसार कूल १८१४ मत खसेको छ। कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलनै विजयी भएको छ। 
 
अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएकी छन्। महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रत्यासी गोमा केसीले ७७६ मत ल्याएकी छन्। कोषाध्यक्षमा विजयी भएकी जानकी सिंहले ९११ मत ल्याएकी छिन्। उमा र धनाको संयुक्त प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना निर्वाचित भएका छन्। नेपाली काँग्रेसको भातृ संस्थामा देउवा -सिटौलाको संयक्त प्यानलको यो दोस्रो ठूलो जीत हो। महिला संघको जीतलाई नेविसंघको भन्दा पनि ठूलो जीत मानिएको छ। नेविसंघमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकटले पनि जीत निकालेका थिए। नेविसंघमा देउवा सिटौला र पौडेल पक्ष लगभग हाराहारीमा निर्वाचित भएका थिए। 
 
सिटौला पक्षको सहयोगमा देउवा सिटौला समुहको जीतले नेपाली काँग्रेसको राजनीति र भातृ संस्थामा सिटौला पक्षको बढ्दो प्रभावलाई पनि यसले देखाएको छ। यसको सोझो प्रभाव नेपाली काँग्रेसको बाकी भातृ संस्थाको महाधिवेशनमा पनिन पर्ने देखिन्छ। यो परिणामले नेपाली काँग्रेसका नेता सिटौलाको प्रभाव पार्टीमा बढ्ने छ भने नेताहरु गगन थापा, उमाकान्त चौधरी र प्रदिप पौडेलको प्रभाव यूवा पुस्तामा समेत व्यापक पर्ने आँकलन गरिएको छ। 
 
निर्वाचित र प्रत्यासीहरुले पाएको मत यस प्रकार छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ