- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुक्ति लगाएर एमालेको सिट सङ्ख्या बढाएका छन् ।
अध्यक्ष ओलीले रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहलाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका हुन् ।
प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्याएको छ ।
अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।
साह रौटहट २ मा ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए ।