arrow

नेपा हिमाद्वारा सोनी फोरके एचडीआर एण्ड्रोइड टीभीको नयाँ रेञ्ज सार्वजनिक

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
Sony-Logo.jpeg
काठमाडौं। नेपा हिमा ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज (एचडीआर) अन्तर्गत नयाँ रेञ्जका टीभीहरु सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ। नेपा हिमा ट्रेड लिङ्क नेपालका लागि सोनी ईलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हो।  कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३डी सिरिज, फोरके एचडीआर टीभी रेञ्ज र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ।
 
सार्वजनिक गरिएका नयाँ टीभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्छन्। टीभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ। यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ।
 
त्यसैगरी टीभीमा प्रयोग गरिएको एक्सवान फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्‍याउँछ। सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ। यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन्। फलस्वरुप अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टीभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ। घरको आन्तरिक सजावतलाई थप आकर्षक देखाउन प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यका साथ ब्राभियाका नयाँ टीभीको डिजाइन समेत निकै आकर्षक तरिकाले गरिएको छ। साथै, टीभीमा तारको ब्यवस्थापनलाई समेत विशेष ध्यान दिइएको छ। यसले गर्दा टीभी वरपर सफा वातावरण कायम गर्न सहयोग मिल्छ।
 
कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीको आरथ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको छ। उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषण गर्ने क्षमता सहितका यी टीभीमा एक्स–प्रोटेक्शन प्रो फिचरपनि समाहित गरिएको छ। यसले गर्दा टीभी थप सुरक्षित हुनुका साथै कार्यक्षमतामा समेत बृद्धि हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आरथ्रीडीले धुलो, आद्र्रता, चत्याङ्ग तथा विद्युतिय तरङ्गबाट समेत सुरक्षा प्रदान गर्छ। सार्वजनिक गरिने तयारीमा रहेको आर ३२६ डी मोडलका टीभीलाई पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत सञ्चालन गर्न सकिने जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ