arrow

उत्ताउलोपनले सम्बन्ध विच्छेदका घटना बढ्दै

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
धनगढी । कैलाली जिल्लामा श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासँगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसँग सम्बन्ध बढाउनेलगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेको बताइएको छ । 
 
सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो । कैलाली जिल्ला अदालतमा यस वर्ष गएको साउनदेखि हालसम्म पाँच महिनाको अवधिमा मात्रै सम्बन्ध विच्छेदका ३९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष विसं २०७१ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा योभन्दा कम मुद्दा दर्ता भएका थिए । 
 
चालु वर्षमा दर्ता भएका मुद्दामध्ये नौ मुद्दाको अदालतले फैसला गरिसकेको छ । बाँकी मुद्दाहरु कारबाहीको प्रक्रियामा रहेका छन् । अंश दिलाई सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि अंश नलिइकन सम्बन्ध विच्छेद गराउन चाहनेहरु बढी रहेको बताइएको छ । 
 
अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर अंशसहितको सम्बन्ध विच्छेद गर्न चाहनेहरुको फैसलामा केही ढिलाइ हुने गरेको छ । अंश लाग्ने सम्पत्तिको दुवै पक्षको फाँटवारी पेस गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस्ता मुद्दाको फैसला केही ढिलो हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ