arrow

सिद्धुले 'कपिल शर्मा शो' छोड्ने भएपछि निर्माता तनावमा

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
sidhu-and-kapil.jpeg
एजेन्सी । चर्चीत हास्य ब्यङ्ग कार्यक्रम द कपिल शर्मा शोका 'पाजी'  नवजित  सिंह सिद्धुले द कपिल शर्मा शो छोड्ने खबरले निर्माता तनावमा रहेको संचारमाध्यमले बताएका छन् ।  
 
सिद्धु   क्रिकेट, मनोरञ्जन क्षेत्र हुदै नेता सम्म बनिसकेका छन् ।  नवजोत सिंह सिद्धुले भारतीय जनता पार्टि बीजेपी छोडेर ‘आवज ए पन्जाब’ पार्टीको स्थापना गरेका छन् । 
 
कार्यक्रम निर्माता प्रिति सिमोसले सिद्धुले शो नछोड्ने बताए पनि सिद्धु निकट मित्रहरुले उनले चाडै  कपिल शर्मा शो छोड्ने बताइएका छन् । सिद्धुले सेक्टेम्बर पछि शो छाड‍्ने उनिहरुको दावी रहेको छ ।
 
सिद्धु शोबाट बार्षिक २५ करोड भारतीय रुपैया आम्दनी गर्दछन् । उनि १ अक्टूबरमा अमृतसर जादैछन् । अमृतसरमा उनलाई भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । सिद्धुकी श्रीमति नवजोत सिद्धूको लागि  पंजाबको जिम्मेवारी भन्दा ठुलो बिषय अन्य कुनै नहुने बताउदै आएकी छन्  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ