arrow

लाबिम मलमा सोनी सेन्टरको नयाँ शोरुम

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
Sony_logo.jpeg
काठमाडौं। सोनीले ललितपुर स्थित लाबिम मलमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमको समुद्घाटन सोनीका वरिष्ठ प्रबन्धक –रिजनल मार्केट डेभलपमेण्ट सेन्टर जेरेमी हेंगले गरेका हुन्।
 
अन्य सोनी सेन्टर्सले झैँ नयाँ शोरुमले पनि सोनीका जेन्यून उत्पादनमा सर्वसाधारणको सहज पहुँच बनाउन सघाउने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार नयाँ शोरुमको प्रमुख आकर्षणका रुपमा एमडीआर (म्यूजिक डिजर्भ्स रेस्पेक्ट) उत्पादनहरु र पीएसफोर (एक्द्ध) रहेका छन्। शोरुममा रहेको एमडीआर क्याफेले उपभोक्तालाई सोनीका हेडफोन्स तथा इयरफोनसको अनुभव लिँदै शोरुममा गुणस्तरिय समय ब्यतित गर्न स्वागत गर्ने जानकारी दिइयो। यसका अतिरिक्त शोरुममा ब्राभिया टीभी, सोनी एक्सपेरिया स्मार्टफोनस र अल्फा तथा साइबरशट क्यामेराका नयाँ उत्पादनका विभिन्न भेराइटी समेत पाउन सक्छन्।
 
सोनीका शोरुमहरु नेपालकै पहिलो आधिकारिक ईलेक्ट्रोनिक्स शोरुम मध्य पर्छन्। नेपालमा सोनीको पहिलो शोरुम बिसं. २०४५ सालमा दरवार मार्ग स्थित लाल दरवारमा स्थापना गरिएको थियो। यसलाई पछि कान्तिपथमा सारिएको हो।
 
विश्व परिचित ब्राण्ड सोनीको नेपालका लागि नेपा हिमा ट्रेड लिङ्क प्रालि आधिकारिक विक्रेता हो। देशभरका  विभिन्न स्थानमा रहेका सोनी सेन्टर्स तथा ब्यापक वितरक सञ्जाल मार्फत कम्पनीले नेपाली उपभोक्तालाई सोनीको अनुभव प्रदान गरिरहेको छ। दशकौँदेखि घर घरमा परिचित सोनीको ब्राण्ड भ्यालुलाई निरन्तर्ता दिँदै उपभोक्ताको अनुभवलाई थप गुणस्तरिय सेवाका साथ उत्कृष्ट बनाउने कम्पनीको लक्ष्य रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ