arrow

दलालबाट कागजात कीर्ते गरी पोर्चुगल पुगेका तीन नेपालीलाई फर्काइदै

logo
सन्तोष थापा,
प्रकाशित २०७३ असोज ८ शनिबार
portugelnepali.jpeg
पोर्चुगल । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेका थिए तर त्यो सपना अधुरो हुने भएको छ।  
 
धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने  राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि भनेर ति ३ जनालाई पठाएको थियो । तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह  लगायतको नाम प्रयोग गरेको थियो । दलाल  तामाङले अनिललाई झुकाएर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनाई ति ३ जना लुकीछोपी पोर्चुगल पठाएको थियो। साथै आयोजकलाई समेत झुटो जानकारी गराएर लाखौं रुपैया असुल गरेको थियो ।
 
 अहिले उनलाई झुक्याएर ठग्ने राम कुमार तामाङ ४५ लाख रुपैया बराबर खाएर  फरार छन् । तामाङका मोबाईल  उठ्दैनन । ट्राभल एजेन्सी (भिजा पईन्ट जस्ता अबैध एजेन्सी)को काम भने पनि तामाङले अबैध रुपमा वैदशिक रोजगारमा मान्छे पठाउने गरेको छन् ।  अहिले पनि थुप्रो मानिसहरुलाई विदेश पठाउने भन्दै लाखौं रुपैया उठाउने गरेको पीडितहरुले बताउन्छन् । साथै धादिङका व्यापारीका अनुसार तामाङ काठमाडौंमा लुट्पाट एवम बिभिन्न बहानामा ठगी गर्ने जस्ता अपराधिक गतिबिधीमा संलग्न रहदै आएका छन् । लुट्पाट, ठगी नै उनको धन्दा रहेको र प्रहरीले अहिले सम्म उनलाई प्रक्राउ गर्न सकेको छैन । 
 
लक्समबर्ग सरकारको आमन्त्रण र संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि झुक्काएर युरोप छिरेका भेडाबारी - ७, सलाङ धादिङ स्थायी घर भएको पासपोर्ट नम्बर ०९४८७९०७ , नागरिता नम्बर २६३०३२-२९३ भएको जगत थापा, खरिढुङा ८, लाकुरीडाँडा दोलखा स्थायी घर भई पासपोर्ट नम्बर ०७६४८५५७, नागरिता नम्बर ४६६१०-१५१३ भएको जगत श्रेष्ठ, करिकोट कारीकोट छभा, स्याङ्जा स्थायी घर भई पासपोर्ट नम्बर ०९१४१४०१, नागरिता नम्बर ४२२०२३-१३५ भएको अनिल कोइराला रहेका छन् । यी तीन जना पनि नेपालमा रहदा ठगी गर्ने, किर्ते कागज गर्ने जस्ता अपराधिक गतिबिधी गर्दै आएको दलाल तामाङ समुहमा संलग्न रहेको  र यसको निरन्तरता स्वरुप पछिल्लो समय विदेशी संस्थाका समेत कागज किर्ते गरी युरोप छिरेका हुन् । 
 
पोर्चुगलको गृह मन्त्रालय (आन्तरिक प्रशासन )ले चोरी, ठगी, कीर्ते गरी युरोप छिरेका उक्त ३ नेपालीलाई अध्यागमन कानुन अनुसार कानुनी कारबाही र देश फिर्ता गराउन सहमत जनाएको छ । उनिहरुलाई अहिले सम्म पक्राउ गरिएको छैन र सोको समयविधी भने बताएको छैन । तर पनि पोर्चुगल सेफ (पोर्चुगल इमिग्रेसन एण्ड बोर्डर सर्भिस )का अनुसार यदि उनिहरुले  रेसिडेन्सी कार्डको लागि आवश्यक पर्ने नम्बर अथवा काम गरेर सरकारलाई कर तिर्ने सोसल सेगुरन्स नम्बर लिएको भएमा सबै खारेज हुनेछ । 
 
उता आमन्त्रण गर्ने लक्समबर्ग सिटी मेयर, परराष्ट्र मन्त्रालय, लक्समबर्ग स्थित युरोपेली आयोग, संस्कृति मन्त्रालय लगायतलाई यस सम्बन्धी जानकारी गराइएको छ । पछिल्लो समय पोर्तुगल लगायत सबै युरोपेली देशहरु अध्यागमन नितिमा कडा रुपमा प्रस्तुत भएका देखिन्छन् । ति देशमा चोरी, ठगी, कीर्ते, झगडा हिंसा लगायतका अपराधिक गतिबिधी गर्ने जो सुकै  प्रवासीलाई छुट दिएको देखिदैन । संस्थाले ति ३ जना नेपाली त्यहाँबाट अन्य देशमा समेत भागेर जान सक्ने भन्दै २६ सेन्जेन सदस्य राष्ट्रमा समेत मुद्दा प्रकृया अगाडि बढाउने भएको छ । आयोजकले आवश्यक परेमा युरोपोलको समेत सहयोग लिने बताएको छ । पोर्चुलमा यस घटनाले गर्दा अन्य नेपालीहरुलाई समेत असर पर्ने देखिन्छ । अहिले सम्बन्धित मन्त्रालय, प्रशासनमा समेत घटनाको चर्चा नै चलेको छ । 
 
पोर्चुगलको वास्तविकता
 
युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य लोकतान्त्रिक मुलुक हो। सन् १९९६ देखि पोर्चुगलमा नेपालीको बसोबास सुरु भएको हो। ब्राजिल, मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत विभिन्न मुलुकको औपनिवेशिक राज्य भए पनि आर्थिक रूपमा कमजोर भएकाले विदेशी कामदार र लगानी भित्र्याउने खुला बजार नीतिअन्तर्गत प्रवासीहरूका लागि ढोका खोलिएको हो।
 
राणा खलक र सम्भ्रान्त नेपालीहरूको पहुँच पुग्ने युरोप आउजाउ २०४७ सालको क्रान्तिपछि नेपालीका निम्ति सहज बन्न पुगेको हो। जर्मनी, बेल्जियम, डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम बढेपछि नेपालीको बसाइ बाक्लिन थालेको हो।१२ वर्षे द्वन्द्वकालमा नेपालीहरू युरोप प्रवेश क्रम ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल भित्रिनेहरूको संख्या पनि बढेको हो।
 
पोर्चुगलका महावाणिज्यदूतका अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू काममा मिहिनेत गर्ने, अपराध कर्ममा संलग्न नहुने भएकाले नेपालीहरू पोर्चुगिज समाजमा असल मानिसका रूपमा परिचित छन्। विभिन्न व्यवसायमा संलग्न भएर पनि नेपालको परिचय बढेको छ। राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले नेपालको चिनारी बढाएका छन्। त्यसबाहेक नेपालको हस्तकला, वास्तुकला र पहाडिया कागजले पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ।
 
कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका उति साह्रो गाह्रो छैन। युरोपेली संघका २७ देशमध्ये कुनै एक देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन जरुरी छ। आउनेबित्तिकै कर कार्यालयमा दर्ता भएपछि काम खोज्न सकिन्छ। ६ महिनासम्म कर तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुन पाउँ भनी निवेदन दिन सकिन्छ।
 
गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने अनि काम गर्ने कागज पाइन्छ। यो कागजले नेपाल आउन-जान, युरोपेली संघका अन्य मुलुकमा घुम्न र यही व्यापार व्यवसाय गर्न खुला हुन्छ।
 
विभिन्न म्यानपावरहरूमार्फत् आउने प्रक्रिया भने फरक छ। विभिन्न कम्पनीहरूलाई कामदार आवश्यक परेको पोर्चुगिज सरकारबाट प्रमाणित गरेर नेपालका म्यानपावरहरूसँग समन्वय गरी नेपाली कामदार मगाउने क्रम बढिरहेको छ। यसरी नेपालमै भिसा र आवासीय कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन्। यसरी नेपाली पठाउने पेसामा इजरायल, पोर्चुगल र नेपालका केही दलाल संलग्न छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ