- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपत्यका लगायत देशभर लामो समयपछि वर्षा भएको छ । अर्थात् हिउँदे वर्षा भएको छ । आइतबार बिहानदेखि आकाशमा हल्का बादल आएसङ्गै दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको छ ।
पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलै भए पनि आएको छ । आज देशभर विभिन्न स्थानमा वर्षासङ्गै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भएको छ ।
हिउँदे झरीले तोरी, फापर, गहुँ, ऊवा लगायतका खेती उब्जाउन सघाउँछ। हिउँदे वर्षाले सिंचेको जमीनबाट विरुवालाई बसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुन्छ।
पर्याप्त हिउँदे वर्षा भएका समयमा विरुवाहरू बढी उम्रन्छन् र तिनीहरू हुर्कने सम्भावना राम्रो हुन्छ।