- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा शनिवार थ्रीस्टार क्लव र झापा ११ भिड्दै छन् । दावेदार थ्रीस्टार र झापा ११ बिचको खेल रोचक हुनेछ ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो हुने खेलमा चौथो स्थानमा रहेको झापालाई उपाधि दावेदारी बलियो बनाउन जित्नै पर्ने दबाब छ । थ्रीस्टार विजयी भए उपाधि दावेदारी अझै सशक्त हुनेछ । उपाधि समीकरणका लागि पनि यो खेल निकै महत्वपूर्ण मानिएको छ ।
यसअघि, शुक्रबार त्रिभुवन आर्मी क्लव सुदूरपश्चिम फुटबल क्लव कैलालीलाई ७÷० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको छ । १४ औं खेलमा आर्मीले उपाधिका लागि बलियो दावेदारी पेश गरेको हो । आर्मीलाई जिताउन नवयुग श्रेष्ठले दुई तथा भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बुढाथोकी र राजु तामाङ्गले एक एक गोल गरे ।
आर्मीको २७ अंक भएको छ । त्यसैगरी एक खेल कम खेलेको थ्रीस्टार क्लवको २६ तथा मनाङ्ग मस्र्याङ्दीको २५ अंक छ । १४ खेलबाटै २४ अंकको झापा एघार चौथो स्थानमा रहँदा १३ खेलबाट २३ अंकको सशस्त्र प्रहरी पाँचौं स्थानमा छ ।