arrow

पाँच दशकपछि कोलम्बियामा गृहयुद्ध अन्त्य

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
columbia.jpeg
कोलम्बिया । कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्धको अन्त्य भएको छ । सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएसंगै ५२ वर्षदेखि चलेको गृहयुद्धको अन्त्य भएको हो । राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियो जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
 
सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसहित ल्याटिन अमेरिकी देशका नेताहरु पनि सहभागी थिए ।
 
शान्ति सम्झौता लागू भएपछि युरोपियन युनियनले कोलम्बियाको पुनर्निर्माणमा मद्दत गर्ने छ ।
 
सम्झौतालगत्तै युरोपियन युनियनले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी संगठनको सूचीबाट हटाएको छ । सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ ।
 
गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको मृत्यु हुनुका साथै ६० लाख मानिस विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ