arrow

अभिभावकको बेवास्ताले बादी बालवालिकाको भविस्य बिग्रदै

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
शैलेन्द्र  रोकाया, बझाङ । जिल्लाका बादी समुदायहरुले आफ्ना केटाकेटीहरुको शिक्षा दिक्षाको लागी चाँसो नदिदा यिनिहरुका  वालवालीकाहरुको भविस्य विग्रदै गएको छ । बादी समुदायमा वालवालीकाहरुका लागी पढ्नै वातावरण नहुनु र अभिभावकहरुले केटाकेटीहरुको पढाई सुधारका लागी ध्यान नदिदाँ बादीबालवालीकाहरु साधारण  शिक्षा वाट समेत बन्चित भएका छन् । 

बादी बस्तीमा स्कुल उमेरका थुपै वालवालीका भएपनि यिनिहरु विद्यालय नगएर खोलाका किनारमा माछा मार्ने , गुलेली खेलेर चरा मार्ने र  दिनभरी बजारमा डुलेर दिनकाट्ने जस्ता काम गरेको देखीन्छ ।  बादी वालवालीकाहरुमा विद्यालयमा  पढ्ने प्रति कुनै चाँसो छैन नमुना निमावीका प्रअ गजेन्द्र रसाईली बताउनु भयो ।  विद्यालयमा नियमित पनि आउदैनन विचैमा स्कुल छोड्ने गर्दा हाल सम्म त्यहाँ पढेलेखेको कोही छैन  । उहाले अभिभावकहरुको  बेवास्था र जनचेतना नभएर बच्चाहरुके  भविस्य बिग्रदै गएको हो   ।  

नमुना निमावीमा कक्षा १ देखी ५ कक्षा सम्म १७ जना विद्यार्थी बादी वालबालीकाहरुले नाम लेखाएको भएपनि दुई तिन जनामात्र विद्यालय आउने गरेको पनि उहाँले जानकारी दिनु भयो  । विहानै उठेर माग्नका लागी गाँउ बजारमा  हिड्ने वादीहरु दिउसो मात्र घरमा आएर खाना बनाउन्छन् । स्कुल जाने समयमा घरमा खाना पनि पाक्दैन कक्षा १ मा पढ्ने विजय वादीले भने बुबा आमा रक्सी आएर आउन्छन् हाम्रो पढाईको उनिहरु लाई चिन्ताछैन कसरी पढ्ने । घरहरु साँघुरा छन् पढ्ने ठाँउछैन , राती किताब पढ्न उज्यालोको व्यवस्था केहि हुदैन अर्को सुनिल बादीले भने खाना पनि ठिक समयमा पाईदैन रक्सी खाएर बुबाआमाको झगडा सुन्नमै रात वित्छ । 

विजय सुनिल संगै एक दुई कक्षामा पढ्ने रवि, भुवन, सविता, सुर्मा, सुरत, अनिलले स्कुल भर्ना नगरि  स्कुलै पढ्न छोडि सकेका छन्  । हाम्रो समुदायमा हाम्रो पढाई सुधारहुनै सक्दैन बाल मन्दिर निमावी कक्षा ६ मा पढ्ने मनिसा कुमारी वादीले भनिन् हामीहरु लाई यो ठाँउवाट अन्त लिएर पढ्न व्यवस्था भए  हामी पढ्न सक्छौ  । सवै भन्दा गरिब विपन्न पछाडी परेको बादी समुदाय बाट हाल सम्म कुनैपनि व्यक्तिले हाईस्कुल सम्मको शिक्षा लिएको छैन । मजदुरी र मागेर खाने वादीहरुका महिलाहरु देहव्यापरमा पनि संलग्न छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ