arrow

क्लिन्टन र ट्रम्पबीच जुहारी, एक अर्कामा आरोप प्रत्यारोप

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
एजेन्सी । आगामी नोभेम्बरको राष्ट्रपति चुनावअघि भएको पहिलो प्रत्यक्ष बहसमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच जुहारी चलेको छ । जुहारीमा दुवैले एक अर्काको चर्को आलोचना गरेका छन्।
 
मंगलबार भएको उक्त बहस अर्थतन्त्र, कर प्रणाली, जातीगत मुद्दा र सुरक्षामाथि केन्द्रित थियो । यद्यपि, बहसका क्रममा क्लिनटनले बोलेका कुरालाई ट्रम्पले रोक्न खोजेका थिए ।
 
क्लिन्टनले उक्त बहसको तयारीका निम्ति मात्र ट्रम्पले आफ्नो आलोचना गरेको बताइन् । करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी मानिसले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ। जनमत आफूतिर पार्न राष्ट्रपतीय बहसहरु निकै महत्वपूर्ण मानिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ