arrow

नोबेल पुरस्कार विजेता पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
peres.jpeg
काठमाडौं । नोबेल शान्ति पुरस्कारबाट सम्मानित इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ । 
 
दुर्इ साता पहिले हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएका शिमोनको मंगलबार निधन हुनुअघि स्वास्थ्य सुध्रिएको अस्पतालले जनाएको बीबीसीले उल्लेख गरेको छ । 
 
इजरायलको स्थापना कालका राजनेताहरूमा अन्तिम पेरेज दुर्इ पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति भएका थिए ।
 
उनलार्इ  ओस्लो सम्झौताबाट प्यालेस्टाइनमा शान्ति स्थापना गर्न महत्त्वपूर्ण योगदान गरेबापत प्यालेस्टाइनका नेता यासिर अराफातसँगै सन् १९९४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । 
 
उनी सन् १९४८ मा इजरायल अस्तित्वमा आउँदा नै राजनीतिमा सक्रिय थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ