काठमाडौ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसको ९३ वर्षको उमेरमा निधन भएको छ । पेरेसको बुधवार टेल अभिवस्थित अस्पतालमा निधन भएको हो ।
पेरेस इजरायलका लागि दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति भएका थिए । इजरायललाई नयाँ राष्ट्रको रुपमा स्थापित गराउन पेरेसको उल्लेखनीय भूमिका रहेको छ ।
पेरेसले सन् १९९४ मा नोबल शान्ति पुरस्कार पनि प्राप्त गरेका छन् । १९९० को दशकमा पेलेस्टाइनसँग शान्ति विस्तार गर्नका लागि वार्ताको वातावरण बनाउन पेरेसले निर्वाह गरेको भुमिकालाई कदर गर्दे नोबल शान्ति पुरस्कार प्रदान गरिएको हो ।
इजरालका कार्यकारी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रले अमूल्य व्यक्तित्व गुमाएको भन्दै पेरेसको निधनप्रति गहिरो दु:ख व्याक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पेरेसको व्यक्तित्वको चर्चा गर्दै पेरेसको मृतक आत्मप्रति समवेदना प्रकट गरेका छन् ।