arrow

चीनले ग्रेटवाल मुनि रेलवे स्टेसन बनाउने

विश्वकै ठूलो र द्रुत गतिको हुने दाबी

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
great-wall-china.jpeg
एजेन्सी। चीनले विश्वको सात आश्चर्य मध्यमा पर्ने ग्रेटवालको मुनि गहिरो, ठूलो र द्रुत गतिको रेलवे स्टेसन निर्माण गर्ने भएको छ। चीनले आफुले आयोजना गर्ने सन् २०२२ को हिउँदे ओलम्पिकको पूर्वतयारीलाई लिएर सो रेलवे निर्माण गर्न लागेको त्यहाँको राज्य मिडियालाई उद्रित गर्दे रोयटर्सले जनाएको छ। 
 
उक्त स्टेसन राजधानी बेजिङदेखि ८० किलोमिटर उत्तरी पश्चिममा रहेको ग्रेटवालको बढी घुमिने खण्ड बडलिङमा निर्माण हुनेछ । चीन राष्ट्रिय पर्यटन प्रशासनका अनुसार चिनियाँ नयाँ वर्षको समयमा सो खण्डमा दिनमा ३० हजार बढी पर्यटकहरु आउने गर्छन् । 
 
बडालिङ स्टेसन जमिनदेखि १ सय २ मिटर तल निर्माण गरिने छ भने स्टेसन ३६ हजार वर्ग मिटर क्षेत्रमा फैलिने छ । स्टेसनमा पाँचवटा अत्याधुनिक फुटबल मैदान पनि रहने छ । 
 
निर्माण सम्पन्न पछि स्टेसन विश्वकै गहिरो, ठूलो र द्रुत गतिको रेलवे स्टेसन हुने निर्माणको जिम्मा पाएको चीन रेलवे नम्वर ५ इन्जिनेरिङ समुहका निर्देशक चेन विनको दाबी छ । 
 
स्टेसनले सन् २०२२ को हुउदे ओलम्पिक आयोजना हुने दुई सहरहरु राजधानी बेजिङ र हाङ्जियाकोउलाई जोड्ने छ । 
 
स्टेसन निर्माणले विश्व सम्पँदा सुचीमा समेत सुचिकृत ग्रेटवाललाई समेत कुनै असर नगर्ने रेलवे समुहले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ