arrow

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
armyplane.jpg.jpeg
बग्दाद । आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ ।  हाल इस्लामिक स्टेट आतङ्कबादी समूहको कब्जामा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्नका लागि सहयोगको आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले बुधबार जानकारी दिएको छ ।
 
मोसुललाई मुक्त गराई पूर्णतः सरकारी अधिनमा ल्याउन इराकी सुरक्षा बललाई सामरिक सल्लाह, सुझाव र तालिमका लागि पर्याप्त कुशल र दक्ष सैनिकको आवश्यकता परेको बताइएको छ ।
 
त्यसकारण अमेरिकी सैनिक संख्यामा वृद्धि गर्न अन्तिम पटक सहयोग माग गरिएको प्रधानमन्त्री हैदर अल अबादीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ