arrow

भारत–पाकिस्तानबीच गृहयुद्ध कि जिस्काउने उपाय ?

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
ind-pak.jpeg
नयाँदिल्ली । भारतले बुधबार र बिहीबार राति गरी कश्मीरको पाकिस्तानको कब्जामा रहेको क्षेत्रमा तीन किलोमिटर भित्रसम्म प्रवेश गरी सात क्याम्प ध्वस्त पारिदिएको छ । सो क्रममा ३८ जनाको ज्यान लिएको छ ।
 
An Indian policeman fires a teargas shell towards demonstrators during a protest against the recent killings in Kashmir, in Srinagar on 23 September 2016.
स्थानीय समयअनुसार राति १२ः३० देखि बिहान ४ बजेसम्म अप्रेशन गरी भारतीय सेना पुनः सीमामा तैनाथ भएको छ । 
 
An Indian army soldier stands guard near the site of a gun battle between Indian army soldiers and rebels inside an army brigade headquarters near the border with Pakistan, known as the Line of Control (LoC), in Uri on September 18, 2016.
 
भारतको यो क्रियाकलापको भारतभित्रै पनि आलोचना भएको छ । अहिले आएर किन किन आक्रामण गर्नुपरेको भनेर । 
 
This file photograph taken on December 4, 2003, shows Indian soldiers as they patrol along a barbed-wire fence near Baras Post on the Line of Control (LoC) between Pakistan and India some 174 kms north west of Srinagar.
 
अर्थात् उडी आक्रमणमा १८ भारतीय सेना मारिएको १० दिनपछि यसरी आक्रमण गरिनु ठीक हो कि हैन भनी दुई थरी आलोचना भएको छ । 
 
केहीले भनेका छन् कि त्यतिधेरै सेना मारिएपछि अप्रेशन थाल्न भारतीय सेनालाई १० दिन लाग्यो भनी किन धेरै समय लगाएको भनी आलोचना भएको छ भने अर्कातर्फ घटना साम्य हुँदै गर्दा किन उक्साएको भन्ने पनि छ । 
 
हुनत उडी हमला भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनालाई भेटेका थिए । उनले वार रुममा गएर गम्भीर निर्देशन पनि दिएका थिए । 
 
तर १० दिनदेखि बनेको रणनीति बल्ल प्रयोगमा ल्याइनुलाई गम्भीर तरिकाले नै हेरिएको भारतीय सैन्यविद्हरुले बताएका छन् । 
 
यसरी आक्रमण गरिएपछि सिन्धु सम्झौता के हुन्छ त भनी प्रश्नसमेत तेस्र्याइएको छ । भारतले ५६ वर्षदेखि दिंदै आएको पानी रोक्ने अडकल विश्वले गरेको थियो । तर भारत त्यसमा पनि चुकेको छ । 
 
भारतीय विज्ञहरुले यसरी आक्रमण गर्दा पाकिस्तानले पनि प्रतिक्रिया जनाउने भन्दै यस्तो किन गरिएको भन्दै प्रश्न तेस्र्याएका छन् । 
 
यता पाकिस्तानले भने कुनै पनि देशका सेना आफ्नो भूमिमा टेके मारिदिने भन्दै भारतले ३८ जना मारिएकोबारे गरेको दावीलाई अस्वीकार गरेको छ । 
 
पाकिस्तानले गम्भीर सुरक्षाबारे कुरा गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ । 
 
त्यस्तै प्रधानमन्त्री नवाज सरीफले शुक्रबार मन्त्रीपरिषदको बैठकसमेत  डाकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ