arrow

एनआरएनए जापानले बिधार्थी पनि समेट्ने

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
nrnjapan.jpeg
जापान । एनआरएनए जापानले बिधार्थीलाई पनि एनआरएनए जापानको प्रारम्भीक सदस्य हुने गरी समेट्ने भएको छ । २५ तारीक ओकिनवामा सम्पन्न बार्षिक अधिवेशनले राष्ट्रिय अधिवेशनमा प्रस्ताव गर्न यस्तो बुदाँ पारित गरेको हो ।  संघका महासचिव अनुज थापाको संयोजकत्वमा रहेको  ५ सदस्यीय बिधान कमिटिले गरेको प्रस्ताव पारित गरेको टोकियोमा पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराएको थियो । 
 
जापानका  बिधार्थीहरु क्षेत्रिय कमिटिमा उम्मेद्वारी र मताधिकारको प्रयोग गर्न पाउने र साथै केन्द्रका भने सबैपदमा मताधिकार भएपनि सह  कोषाध्यक्ष देखी अध्यक्ष सम्मको  पदमा भने उमेद्वार दिन नपाईने निर्णय पारित गरेको छ ।एनआरएनएमा प्राम्भीक सदस्य भएकाहरु आइसीसीमा कुनै सम्बन्ध नरहने बताईएको छ । जापानमा रहेका बिधार्थीको संख्यात्मक बृद्दि संगै देशको बिकासमा पनि बिधार्थी शक्तिको भुमिका हुने भएकोले एनआरएनए जापानले  प्रारभ्भीक सदस्य मार्फत सहभागी बनाउने प्रस्ताव गरिएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताए । 
 
आईसिसि उपाध्यक्ष भवन भट्टको प्रमुख आथित्यतामा सम्पन्न बार्षिक अधिवेशन ओकिनवामा रहेका नेपालीसंग पनि निकट रहि त्यहाँका समस्या गुनासा सफलता पनि बुझ्न सकियोस भनेर ओकिनवामा अधिवेशन गरिएको अध्यक्ष थापाले बताए । 
 
   सोहि बार्षिक अधिवेशनबाट उपाध्यक्षमा संख्या ३ बाट बढाएर ४ बनाई एक महिलाको सहभागीता पनि गराउने बुदाँ पारित गरेको छ ।  साथै राष्ट्रिय अधिवेशनमा मे महिनाको अन्तिम सम्म सदस्यता लिईसकेकाले मात्र  निर्वाचनमा भाग लिन पाउने र मे को अन्तिम दिन बाट अर्को कार्यसमिति चयन सम्म सदस्यता प्रक्रिया बन्द हुने बुदाँ समेत पारीत गरेको छ । 
 
पत्रकार भेटघाट कार्यक्रमका बारेमा साधरणसभा मुलआयोजक समिति सदस्य देविलाल भण्डारीले बिषय बस्तु प्रवेश गर्नु भएको थियो भने संचालन एनआरएनए जापानका महासचिव अनुज थापाले गर्नु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ