arrow

आफ्नो संरक्षण गर्न पाकिस्तान तयार छ: प्रधानमन्त्री सरिफ

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
nawaj-sarif.jpeg
काठमाडौ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्नो संरक्षण गर्न पाकिस्तान तयार रहेको बताएका छन् । शुक्रवार संघिय मन्त्रीस्तरीय बैठकमा बोल्दै प्रधानमन्त्री सरिफले जनता र राज्यको अखण्डतालाई कुनै उदण्डताबाट जोगाउन पाकिस्तानले आवश्यक कदम चाल्ने बताएका छन् । 
 
सरिफले भने, ‘हामी हाम्रो मातृभूमीलाई कुनै पनि उदण्डताबाट जोगाउँछौं । पुरै राष्ट्र सैनिक बलसँगै काँधमा काँध मिलाएर बसेको छ’ । 
 
पछिल्लो समय छिमेकी राष्ट्र भारतसँगको बिग्रँदो अवस्था र भारतले नियन्त्रण रेखामा गरेको हमलामा छलफल गर्न प्रधानमन्त्री सरिफको नेतृत्वमा शुक्रवार मन्त्रीपरिषदको बैठक बसको हो । 
 
बिहीवार बिहान भारतले नियन्त्रण रेखामा हमला गर्दा पाकिस्तानी दुई सैनिकको ज्यान गएको थियो । भारतले उक्त हमलालाई ‘सर्जिकल स्ट्राइकस्’ बताउँदै आएको छ । यद्धपि पाकिस्तानले शुक्रवारको मन्त्रीपरिषदको बैठकबाट पनि उक्त हमला सर्जिकल स्ट्राइकस् नरहेको प्रस्ट्याएको छ । 
 
शुक्रावारको बैठकले भारतले मानव अधिकारको चरम उल्लंघन गरेको निष्कर्ष निकाल्दै विश्व समुदायलाई उक्त कुराप्रति ध्यान दिन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ