arrow

जनतातर्फ फर्कने कार्ययोजना ल्याउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
UCPN_Moist .jpg.jpeg
काठमाडौं । एकीकृत माओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले तत्काल जनतातर्फ फर्कने कार्ययोजना ल्याउन माग गरेका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टी शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावना र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गरे ।
 
पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले पार्टी, क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधारको आवश्यकता भएको नेताहरुले धारणा राखे ।  
 
मुलुकको राष्ट्रिय अस्मिता सङ्कटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाका बारेमा ध्यान दिन नसकेको भन्दै मंगलबार बोल्ने केही नेताहरुले भने पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।  
 
विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउन समेत नेताहरुले जोड दिए । बैठकले राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढङ्गले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेकोमा आपत्ति जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ