arrow

मुख्यमन्त्री शाहको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
kamal-bahadur-saha.jpg

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहेका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना दिएका छन् ।

विगतको अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुशासन, राष्ट्रिय एकता र समाजिक सद्भावसहित आर्थिक समुन्नतिका लागि जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकाना दिएका छन् ।

मुख्यमन्त्री शाहले जनजीविकासँग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखी सङ्घ, प्रदेश, स्थानीय सरकारबीच सहकार्य र समन्वय गर्दै समुन्नति हासिल गर्नेतर्फ अग्रसर हुनसमेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ