arrow

उपाध्याय र पौड्याल राजदूतमा अनुमोदित

न्यायपरिषद्मा ओलीले सुनुवाईबाटै फिर्ता गरेका रामप्रसादको नाम पनि अनुमोदन

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
ambassdor.jpeg
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र लिलामणि पौड्यालको नाम अनुमोदन गरेको छ । 
 
आइतबार बसेको विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका पौड्यालको नाम अनुमोदन गरेको समिति सदस्य एवं कांग्रे प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
 
श्रेष्ठले भने, ‘दीपकुमारबारे एमालेले फेरि पनि विरोध गरेको थियो । विरोधबीच पास गरिसकेका छौं ।’ यसअघि बसेको समिति बैठकमा दुई सदस्य बालकृष्ण खाँण र हितराज पाण्डे मन्त्री भएपछि सदस्य संख्या नपुगेको भन्दै एमालेले प्रश्न उठाएको थियो । उपाध्यायलाई केपी ओली सरकारले कुटनीतिक मर्यादा विपरीत काम गरेको भन्दै फिर्ता बोलाएको थियो । 
 
विशेष समिति बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलाको नाम समेत अनुमोदन गरेको छ । यसअघि सिटौलालाई केपी शर्मा ओलीले सुनुवाईबाटै फिर्ता बोलाएका थिए । ओलीले सिटौलालाई फिर्ता बोलाएपछि लामो समय संसदीय सुनुवाई विशेष समिति निष्क्रिय भएको थियो । यस्तै, संसदले नयाँ नियमावली बनाएपछि नयाँ संविधान अनुरुप १५ सदस्यीय छरितो समिति गठन भएको थियो । त्यसअघि ७५ सदस्यीय जम्बो समिति थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ