arrow

भारतको झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
jharkhand-759.jpeg
नयाँ दिल्ली । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 
 
‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ । 
 
झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो । सो आन्दोलनको काँग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए । 
 
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुदैआएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ